भारतसँग नेपाल २–१ गोलले पराजित

दार्चुला । दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल भारतसँग २–१ गोलले पराजित भएको छ । दशरथ रङ्गशालामा खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा भारतले दुई गोल र नेपालले एक गोल गरेको हो । भारतका लागि ६२ औं मिनेटमा फारुक हाजी चौधरीले र ८० मिनेटमा कप्तान सुनिल क्षेत्रीले दोस्रो गोल गरे । नेपालका लागि ८६ औं मिनेटमा तेज तामाङले गोल गरे पनि बराबरी वा जितको लागि पर्याप्त भएन ।

खेलमा नेपालले गोलका कयौँ मौका पाए पनि गोल गर्न भने सकेन । यसअघि गएको बिहीवार भएको पहिलो मैत्रीपूर्ण खेल १–१ गोलको बराबरीमा सकिएको थियो । असोज १५ देखि ३० गतेसम्म माल्दिभ्समा हुने साफ च्याम्पियनसिपको तयारीको लागि नेपाल र भारतले मैत्रीपूर्ण खेल खेलेका हुन् ।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?