बैतडीमा नगर सभापति वडामै पराजित

बैतडी । बैतडीमा नेपाली कांग्रेस दशरथचन्द नगरपालिका सभापति लालबहादुर चन्द वडामै पराजित भएका छन् । १४ औं महाधिवेशन अन्तर्गत वडा तहमा सम्पन्न अधिवेशनमा उनी आफ्ना निकटतम प्रतिद्वन्द्वी चन्द्रसिंह थापासँग ४ मतले पराजित भएपछि क्षेत्रीय प्रतिनिधिमा छनोट हुन सकेनन् ।

विजयी भएका थापाले ५७ मत र पराजित चन्दले ५३ मत प्राप्त गरेको मतदान अधिकृत सुरेन्द्र चन्दले जानकारी दिनुभयो । नगर सभापति चन्द जिल्ला समन्वय समितिका सदस्य समेत हुन् । कूल १६ क्षेत्रीय प्रतिनिधि छनोट गर्नुपर्नेमा २४ आकांक्षी देखिएका थिए । तीमध्ये महिला खुल्ला ३, महिला समावेशी २, अपाङ्ग १ र दलित १ मा सहमति भएको थियो ।

यसबाहेका अन्य नौ खुल्ला प्रतिनिधिको लागि निर्वाचन भएको मतदान अधिकृत चन्दले बताउनुभयो । दशरथचन्द –८ मा १२३ मतदाता रहेकामा १०१ निर्वाचनमा सहभागी भएको निर्वाचन समितिले जनाएको छ ।

यसैबीच उक्त वडामा चामुसिंह थापा वडा सभापतिसहित २८ जनाको वडाकार्य समिति भने निर्विरोध चयन भएको छ ।

रासस

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?