सेती प्रादेशिक अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु

कैलाली । सेती प्रादेशिक अस्पतालमा उपचाररत एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । कञ्चनपुरको भीमदत्त नगरपालीका– १६ का ६० बर्षीय पुरुषको मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

भेन्टीलेटरमा उपचाररत उहाँको आज बिहान ६ः१५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । यस्तै मंगलबार थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

११६ जनाको नमुना परिक्षण गदौ १५ जनामा कोरोना संक्रमण देखिएको हो । हाल अस्पतालमा १७ जना कोरोना संक्रमितको उपचार भईरहेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?