दोस्रो संस्करणको गोकुलेश्वर टि–२० क्रिकेट असोज १६ देखि

दार्चुला । वर्षकै सर्वाधिक धनराशीको दोस्रो संस्करणको खुल्ला गोकुलेश्वर टि–२० क्रिकेट च्यालेञ्ज प्रतियोगिता अगामी असोज तेस्रो साताबाट सञ्चालन हुने भएको छ । नागार्जुन क्रिकेट क्लबको आयोजनामा हुने उक्त प्रतियोगिता असोज १६ गतेदेखि दार्चुलाको गोकुलेश्वरमा सञ्चालन हुने भएको हो ।

प्रतियोगिताको विजेता टोलीले नगद ६५ हजार ५५५,उप विजेता टोलीले २५ हजार ५५५ र तेस्रो हुने टोलीले ११ हजार ५५५ रुपैंया पुरस्कार पाउने –आयोजक नाजार्जुन क्रिकेट क्लब गोकुलेश्वरले जनाएको छ । यसका साथै म्यान अफ द सिरीजलाई २ हजार,बेस्ट ब्याट्सम्यान र बेस्ट बलरलाई समान १÷१ हजार पुरस्कार दिइनेछ।

प्रतियोगितामा देशभरका जुनसुकै जिल्लाका खेलाडी पनि सहभागी हुन पाउने जनाइएको छ । तर टिममा भने एउटै वडाका खेलाडीहरु मात्रै समावेश गर्न पाइने आयोजक नागार्जुन क्रिकेट क्लबका अध्यक्ष करन विष्टले जानकारी दिनुभयो । जसका लागि सबै खेलाडीले वडाको सिफारिस र प्रमाणपत्र अनिवार्य ल्याउनुपर्नेछ । टेनिस बलको प्रयोगले सञ्चालन हुने प्रतियोगिताका खेलहरु लिग चरणमा खेलाइनेछन् ।

पहिलो संस्करण गत वर्षदेखि सुरु भएकोमा २१ टोली सहभागी रहेका थिए । प्रतियोगिताको विजेताले ६१ हजार १ सय ११ र उप विजेताले २३ हजार ३ सय ३३ नगद,ट्रफी,प्रमाणपत्र पाएका थिए । गत वर्षको उपाधि पिपलकोट क्रिकेट क्लब दोगडाकेदारलाई ४८ रनले पाखा लगाउँदै निंग्लाशैनी क्रिकेट क्लब९एनसिसि० देहिमाडौंले हात पारेको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?