घाँस काट्ने क्रममा भिरबाट लडेर महिलाको मृत्यु

दार्चुला । दार्चुला, बैतडी, बझाङ लगायत सुदूरपहाडका जिल्लाहरुमा भिरबाट लडेर बर्षेनी मानिसहरुले ज्यान गुमाउदै आएका छन् । बझाङको दुर्गाथली गाउँपालिका–३ मौलालीमा घाँस काट्ने क्रममा लडेर एक महिलाको आज पनि मृत्यु भएको छ।

मृत्यु हुनेमा मौलालीकी ६० वर्षीया गालुदेवी रावलको घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको हो। घर नजिकै रहेको अन्जाडी सामुदायिक वनको भिरमा घाँस काट्न गएकी रावलको शनिबार दिउँसो लडेर मृत्यु भएको प्रहरीले जनाएको छ। भिरपाखामा घाँस काट्ने सजिलो प्रविधि नहुँदा बर्षेनी महिलाहरुले भिरबाट लडेर अकालमै ज्यान गुमाउन बाध्य छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?