दार्चुला । कञ्चनपुरमा लागुऔषधसहित २ जना पक्राउ परेका छन्। सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी कञ्चनपुर मातहत मातहत बोर्डर आउट पोष्ट झिलमिला र प्रहरी चौकी झिलमिलाबाट खटीएको संयुक्त टोलीले २ जनालाई पक्राउ गरेको हो।
जिल्लाको बेलडाँडी गाउपालिका ४ कान्छीबजारबाट वडा नम्बर १ बस्ने अन्दाजी १८ वर्षीया सुदिप बिष्ट र वडा नम्बर २ का अन्दाजी १८ वर्षीया संजय बिष्ट पक्राउ परेका हुन्। उनहिरुको साथबाट अन्दाजी ८ सय मिलिग्राम ब्राउन सुगर फेला पारी ब्राउन सुगरसहित दुबै जनालाई आवश्यक कारबाहीको लागी ईलाका प्रहरी कार्यालय बेलडाँडीमा बुझाइएको गणले जनाएको छ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया