डिलाशैनीबाट हेलिकोप्टरमार्फट सुत्केरी महिलाको उद्धार

दार्चुला । बैतडीको डिलाशैनी गाउँपालिका वडा नम्बर ७ ढाणका एक सुत्केरी महिलाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । ढाणका २० वर्षीया मञ्जु कार्कीको सोमबार दिउँसो हेलिकोप्टरबाट उद्धार गरी धनगढी रेफर गरिएको हाडाकोट स्वास्थ्य चौकी प्रमुख बिरेन्द्र बोहराले जानकारी दिनुभयो ।

कार्कीको बच्चा जन्मिएर साल ननिस्केकोले थप उपचारका लागि धनगढी रेफर गरिएको बोहराले बताउनुभयो । स्थानीय, डिलाशैनी गाउँपालिका र हाडाकोट स्वास्थ्य चौकीको अनुरोध तथा पहल र जिल्ला प्रशासन, स्वास्थ्य कार्यालय बैतडीको समन्वयमा सुत्केरी महिलाको उद्धारका लागि हेलिकोप्टर आएको थियो । गत वर्षदेखि राष्टपती महिला उद्धार कार्यक्रम सञ्चालन भएपछि धेरै महिलाको समयमै उद्धार भएर ज्यान जोगिएको छ । डिलाशैनीको दुर्गम गाउँ ढाणबाट बिरामीलाई बोकेर सडकमार्गसम्म लैजान मात्रै एक दिन लाग्ने भएकोले महिलाको जीवन रक्षाका लागि होलिकोप्टरमार्फत उद्धार कार्य गरिएको स्थानीय पत्रकार महेशराज पन्तले जानकारी दिनुभयो ।

सायद 1 व्यक्ति, हेलिकप्टर तथा  घरबाहिर को तस्बिर हुनसक्छ

सायद 1 व्यक्ति, हेलिकप्टर तथा  प्रकृति को तस्बिर हुनसक्छ

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?