दार्चुला । महेन्द्रनगरबाट छुटेको यात्रुवाहक बसमा ढुङ्गा खस्दा एक जनाको मृत्यु भएको छ। अन्य ३ जना घाइते भएका छन्। प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार सु.प.प्र ०२ ००१ ख ११५६ नम्बरको बसमा बैतडीको पाटन नगरपालिका ८ रौलेकमा माथिबाट ढुङगा खस्दा बझाङको थलराका १८ वर्षीय अर्जुन नेपालीको घटनास्थलमै मृत्यु भएको हो।
यस्तै कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ४ ओम शान्ती टोलका माधव भट्ट, जयपृथ्वी नगरपालिका वडा नम्बर ११ का हरिप्रसाद जोशी र सोही ठाउँका नवराज खड्का घाइते भएका हुन्। उनीहरुको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। कार्यालयका अनुसार माथिबाट खसेको ढुङगा बसभित्रै पसेको थियो।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया