काठमाडौं । लोक सेवा आयोगले नायब सुब्बा वा सो सरहको लिखित परीक्षा स्थगित गरेको छ ।
शुक्रबार एक सूचना जारी गर्दै आयोगले एकिकृत परीक्षा प्रणाली अन्तगत राजपत्र अनंकित प्रथम श्रेणी, नायब सुब्बा वा सो सरह पदको लिखित परीक्षा स्थगित गरेको हो ।
उक्त परीक्षा असोज ९ गतेबाट सञ्चालन हुने बताइएको थियो । आयोगले अर्को सूचना जारी नभएसम्मका लागि धनकुटा, काठमाडौं, पोखरा, बुटवल, सुर्खेत, दिपायल र जलेश्वरबाट लिइने लिखित परीक्षा स्थगित भएको बताएको छ ।
यस्तै आयोगले उपसचिव वा सो सरहको खुल्ला समावेसी शिक्षा, शिक्षा प्रशासन र अधिकृत तहको इन्जिनियर खुल्ला तथा समावेसी पदको परीक्षा पनि स्थगित गरेको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।






प्रतिक्रिया