जिल्ला प्रशासन बैतडीमा बारअनुसारको सेवा

बैतडी । कोरोना भाइरस सङ्क्रमणको जोखिम कायमै रहेकोले जिल्ला प्रशासन कार्यालयले पालिकाअनुसार सेवा दिन थालेको छ। कार्यालयले सार्वजनिक गरेको सूचनामा आइतबारदेखि शुक्रबारसम्म फरक दिन फरक÷फरक पालिकालाई सेवा दिइने जनाएको हो।

जिल्ला प्रशासन कार्यालय मार्फत प्रदान गरिने सेवाहरु शिवनाथ र पञ्चेश्वर गाउँपालिकाका नागरिकलाई आइतबार,मेलौली नगरपालिका र सिगास गाउँपालिकाकालाई सोमबार,दोगडाकेदार र डिलाशैनी गाउँपालिकाकालाई मंगलबार,सुर्नया गाउँपालिकाकालाई बुधबार,पाटन नगरपालिकाकालाई बिहीबार र दशरथचन्द नगरपालिकाका नागरिकलाई शुक्रबार दिइने सूचना उल्लेख गरिएको छ।

सूचनाअनुसार सम्बन्धित पालिकाका नागरिकलाई सेवा लिन आग्रह गरेको छ।

पुर्चौंडी नगरपालिकाको हकमा भने इलाका प्रशासन कार्यालय हाटबाट नियमित रुपमा सेवा प्रदान गरिने बताइएको छ।

जिल्ला प्रशासन कार्यालयमार्फत प्रदान गर्ने सेवाहरुलाई व्यवस्थित बनाउन र कोभीड १९ को जोखिम न्यूनीकरणका लागि यस्तो निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले जानकारी दिनुभयो।

जिल्ला प्रशासन कार्यालयले नेपाली नागरिकताको प्रमाणपत्र वितरण, राहदानी वितरण लगायतका सेवाहरु दिने गरेको छ। थाहा खबर

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?