सुदूरपश्चिममा थप २ जना कोरोना संक्रमितको मृत्यु

दार्चुला । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारत थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ। बझाङको सुर्मा गाउँपालिका–४ का ७७ वर्षीय पुरुष र सोही गाउँपालिका वडा नम्बर २ का ४० वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ। योसँगै सेती प्रादेशिक अस्पतालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ सय ९४ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा थप ३६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा १६२ जनाको कोरोना परीक्षण गरिएकोमा ३६ जना संक्रमित थपिएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिनुभयो । हाल अस्पतालमा ९ जना संक्रमित उपचाररत छन्। जसमध्ये ४ जनाको आइसीयूमा र २ जनाको भेन्टिलेटरमा उपचार भइरहेको अस्पतालले जनाएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?