सुदूरपश्चिमका क्वारेन्टिनमा बसेका सबैको कोरोना परीक्षण गर्न अनुरोध

दार्चुला । स्वास्थ्य निर्देशनालय राजपुर डोटीले विभिन्न जिल्ला तथा भारतबाट आइ सुदूरपश्चिमका विभिन्न क्वारेन्टिनमा बसेका सम्पूर्णको पिसीआर परीक्षणका लागि नमूना पठाउन अनुरोध गरेको छ।

आइतबार निर्देशनालयले प्रदेशका सम्पूर्ण स्वास्थ्य कार्यालयलाई पत्राचार गर्दै क्वारेन्टिनमा बसीरहेका तथा अवधी पुगेका सबैको स्वाब संकलन गरी धनगढी र डडेल्धुरा प्रयोगशालामा पठाउन अनुरोध गरेको हो।

प्रदेशका क्वारेन्टिनमा बसीरहेका व्यक्तिहरुको संख्या दिन प्रतिदिन घट्दै गइरहेको भन्दै नेपाल सरकारको कोरोना परीक्षण गाइडलाइन अनुसार नमूना पठाउन अनुरोध गरिएको स्वास्थ्य निर्देशक गुणराज अवस्थीले बताउनुभयाे।

संक्रमित क्षेत्रबाट फर्केका तथा संक्रमितको सम्पर्कमा आएको ५ देखि १० दिनभित्र पिसीआर जाँचका लागि उपयुक्त हुने भन्दै तुरुन्त सम्पूर्णको नमूना पठाउन भनीएको स्वास्थ्य निर्देशक अवस्थीले बताउनुभयाे।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?