दार्चुला । बैतडीमा हाइस र टेलर एक आपसमा ठोक्किँदा हाइसमा सवार ५ जना यात्रु समान्य घाइते भएका छन् । महेन्द्रनगरबाट बैतडीको मेलौली आउँदै गरेको सु.प.प्र ०१००१ ज १३३४ नम्बरको हाइस र बैतडीबाट धनगढी जाँदै गरेको ना ६ ख ५६५९ नम्बरको टेलर पाटन नगरपालिका ६ हिरापुरमा एक आपसमा बुधबार साँझ पौने ५ बजेतिर एकआपसमा ठोक्किएका हुन् । हाइसले गलत साइडबाट टेलरलाई ठक्कर दिँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिनुभयो ।
दुर्घटनामा परी बैतडीको पाटन नगरपालिका ६ का ५५ बर्षीया भागा कुमाल, सोही ठाउँका ५० बर्षीय गोपाल कुमाल, पाटन ६ कै ३२ बर्षीया रेखा केसी, पाटन ६ कै १६ बर्षीय आदित्य केसी र शिवनाथ गाउँपालिका ३ की २१ बर्षीया सरस्वती साउँद समान्य घाइते भएका छन् । घाइते सबैको प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा उपचार भईरहेको छ । हाइस र टेलर ठोक्किँदा हाइस सडक छेउमै पल्टिएको छ भने दुवै साधन र चालकहरु प्रहरी नियन्त्रणमा रहेका छन् ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया