कमल महराको हत्या आशंकामा ५ जना प्रहरी नियन्त्रणमा

दार्चुला । बैतडीको सुर्नया गाउँपालिका वडा नम्बर ४ लेकडाणाका ५५ वर्षीय कमल सिह महराको हत्या प्रकरणको प्रहरीले अनुसन्धान थालेको छ । घटनास्थलबाटै प्रारम्भिक अनुशन्धान सुरु गरेको प्रहरीले ५ जनालाई नियनत्रणमा लिएको जनाएको छ । उनिहरुलाई सोधपुछको तथा अनुसन्धानका लागि नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरिक्षक राजेश शाहीले बताउनुभयो ।

घटना अनुसन्धानकै क्रममा रहेकोले उनिहरुको परिचय अहिले नै खुलाउन मिल्दैन शाहीले भन्नुभयो । प्रहरीका अनुसार मृतक महराको शरीरभरी निलडाम छन् । टाउको र छातीमा निलडाम छन् । पशलभित्र रगत समेत भेटिएको बताइएको छ । महरा विहिबार बिहान सन्सेरीमाण्डौ बजारमा मृत फेला परेका थिए । शरीरभरी घाउ भएको अवस्थामा उनको शव भेटिएपछि हत्या भएको हुनसक्ने अनुमान गरिएको छ ।

मृतक महराको घरमा श्रीमति, २ छोरा, १ बुहारी र २ नातिनि रछन् । मृतकका जेठा छोरा मानसिक सन्तुलन गुमाएका छन् भने, कान्छा छोरा बैदेशीक रोजगारीको क्रममा साउदी अरेवीयामा रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?