दार्चुला । बैतडीको सन्सेरीमाण्डौँका ब्यापारी कमल महरा हत्या प्रकरणमा पक्राउ परेका ब्यक्तिहरुलाई प्रहरीले आज सार्वजनिक गरेको छ । पक्राउ परेका ७ जना मध्ये ३ जनालाई सामान्य सोधपुछ पछि छोड्दै ४ जनालाई हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । हत्यामा संलग्न रहेको आरोपमा सुर्नया गाउँपालिका वडा नम्बर ५ हरिचन निवासी २६ वर्षीय रामबहादुर मडै, सुर्नया ४ का हरिस सिंह महरा, होटेल साहु राम बहादुर महरा र शंकरसिंह महरालाई सार्वजनिक गरिएको हो ।
रातिको समयमा मदिरा सेवन गरेका उनिहरुले मृतक कमल महरालाई फलामको रडले हानेर हत्या गरेको प्रहरीले जनाएको छ । घटनाको बिषयमा थप अनुसन्धान भैरहेको बैतडीका प्रवक्ता प्रहरी निरिक्षक दर्शन खड्काले बताउनुभयो । घटनामा संलग्न ४ जना मध्ये हरिचन निवासी २६ बर्षीय मडैको मुख्य हात रहेको पाइएको प्रहरीले जनाएको छ । उनलाई उनकै घरबाट हिजो पक्राउ गरिएको थियो ।
सुर्नया ४ सन्सेरीमाण्डैँस्थित मासु पसल सञ्चालन गर्दै आएका ५६ बर्षीय कमल महराको विहिबार बिहान हत्या गरिएको अवस्थामा शव भेटिएको थियो ।


विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया