साढे चार वर्षीया बहिनीलाई बलात्कार गर्ने एक पुरुषलाई फासिको सजाय

दार्चुला । भारतको पिथौरागढ जिल्ला स्थित जाजरदेवलमा बस्दै आएकी बझाङ घर भएकी साढे चार वर्षीया बालिकामाथी बलात्कार गर्ने एक सौतेलो दाइलाई भारतको अदालतले फासिको सजाय सुनाएको छ । अबोध सौतेली बहिनिलाई बलात्कार गरेको आरोपमा पिथौरागढ प्रहरीले नेपालको बझाङ जिल्ला घर भई हाल पिथौरागढमा बस्दै आएका ३१ वर्षीय एक पुरुषलाई ३ अप्रिल २०२१ मा पक्राउ गरेको थियो ।

गाउँमा बुवा, आमाको मृत्यु पछि सौतेली बहिनी दाई संग पिथौरागढमा बस्दै आएको बताइएको छ । पिथौरागढको जाजरदेवल थानाका एसआई मेघा शर्माले घटनाको अनुसन्धान गरि अदालतमा आरोप पत्र दर्ता गर्नुभएको थियो । प्रमाण र बयानका आधारमा आरोप पुष्टि भएकाले पिथौरागढ जिल्ला न्यायधीश डा. ज्ञानेन्द्र कुमार शर्माको एकल इजलासले शुक्रबार आरोपिलाई फाँसिको सजाय सुनाएको अमर उजालाले समाचार लेखेको छ ।

भारतीय अपराध दण्ड संहिताको धारा ३७६ ए र वि अनुसार उक्त सजाय सुनाईको बताइएको छ । नेपालमा पनी बलात्कारको घटना बढ्दै गएको भन्दै कडा कार्वाहीको व्यवस्था हुनुपर्ने आवाजहरु उठ्न थालेका छन् । यद्धपी नेपालको संबिधानले मृत्युदण्ड वा फाँसीको व्यवस्था नगरेकोले आवश्यक कानुनी कार्वाही गरेर छोड्ने गरिएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?