वडा सदस्यले चलाएको मोटरसाइकलबाट खसेर महिलाको मृत्यु

दार्चुला । मोटरसाइकलबाट खसेर बैतडीमा एक महिलाको मृत्यु भएको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिका ३ कुलाउबाट सोही गाउँपालिकाको आम्चोरा जाने क्रममा आइतबार दिउँसो अढाई बजेतिर मोटरसाइकलबाट खसेर पञ्चेश्वर ३ गोगनपानीका ५० बर्षीय लक्ष्मी साउँदको मृत्यु भएको हो ।

पञ्चेश्वर गाउँपालिका वडा नम्बर १ का वडा सदस्य परमल घटालले चलाईरहेको सु.प.प्र. ०१००३ प २६६१ नम्बरको मोटरसाइकलको पछाडी बसेका साउँद खसेर गम्भीर घाइते भएकी थिइन् । उनलाई उपचारका लागि केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौली ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले बताउनुभयो ।

घटनाका बिषयमा थप अनुसन्धानका लागि प्रहरी टोली खटिएको प्रवक्ता ओझाले बताउनुभयो।कच्ची सडकका कारण दुर्घटना भएको अनुमान गरिएपनि यकिन कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?