दार्चुला । बैतडीको डिलाशैनी गाउँपालिकाले दशैंको समयमा ६ दिन मात्रै विद्यालय बन्द गर्ने निर्णय गरेको छ । असोज २६ गते फूलपाती असोज ३० गते सम्म मात्रै विद्यालय बन्द गर्ने निर्णय गरेको हो । कोरोनाका कारण लामो समयपछि विद्यालय सञ्चालनमा आएकाले दशैंको समयमा ६ दिनमात्रै विद्यालय बन्द हुने गाउँपालिकाले जनाएको छ ।
कोरोनाका कारण बालबालिकाहरुको पठनपाठनमा समस्या भएकाले अब नियमित रुपमा विद्यालय सञ्चालन गर्ने गाउँपालिकाले जनाएको हो । यसअघि दशैंको समयमा एक महिना विद्यालय बन्द हुने गरेका थिए । दशैंदेखि तिहार सम्म लगातार बिदा हुँदा बालबालिकाहरुको शैक्षिक स्थिती झन् बिग्रने भएकाले यो बर्ष दशैंमा ६ दिन मात्रै विद्यालय बन्द गर्ने निर्णय भएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गणेशसिंह बोहराले बताउनुभयो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया