सर्पको टोकाइबाट बालकको ज्यान गयो

डोटी । डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा विषालु सर्पले डस्दा पाँच वर्षीय बालकको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका सह–प्रवक्ता तथा प्रहरी निरीक्षक रवीन्द्र चन्दका अनुसार स्थानीय हेमराज भण्डारीको ज्यान गएको हो ।

आइतबार साँझ घरको आँगनमा खेलिरहेको समयमा सर्पले डसेको थियो । सर्पको डसाइबाट गम्भीर भएका बालकलाई उपचारका लागि जिल्ला अस्पताल डोटीमा ल्याइए पनि उपचारका क्रममा गए राति ज्यान गएको प्रहरीले जनाएको छ ।

जिल्लामा गर्मी कायमै रहेका कारण सर्पदंशका घटना घटिरहेका जिल्ला अस्पतालले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?