सेती प्रादेशिक अस्पतालमा एक कोरोना संक्रमितको  मृत्यु

कैलाली । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा कञ्चनपुरका एक कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्लाको भिमदत्त नगरपालिका वडा नम्बर ७ का ८४ वर्षीय वृद्धको कोरोनाका संक्रमणका कारण बिहीवार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

स्वास प्रश्वासमा समस्या देखिएपछि उनलाई उपचारको लागि महाकाली अस्पताल कञ्चनपुरमा लगिएको थियोे । त्यहाँ पिसिआर चेकजाँच गर्दा रिपोर्ट पोजेटिभ आएपछि आफन्तहरुले थप उपचारको लागि उनलाई बुधवार मात्रै सेती प्रादेशिक अस्पतालमा ल्याएका थिए ।

उहाँको उपचारका क्रममा आज सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?