दार्चुला । बैतडीको दोगडाकेदार गाउँपालिकाले दशैंको अवसरमा ६ दिन मात्रै विद्यार्थीहरुलाई विदा दिने भएको छ । गत बिगतका बर्षहरुमा विजया दशमीको अवसरमा एक महिनासम्म बिदा दिईने भए पनि यो बर्ष भने ६ दिन मात्रै विदा दिईने भएको हो ।
बिश्व महामारीका रुपमा फैलिएको कोरोना भाईरस कोभिड १९ का कारण लामो समय देखि विद्यालयहरु बन्द रहेका र पठनपाठन प्रभावित भएको भन्दै दशैंको लागी ६ दिन मात्रै विदा दिने निणर्य गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत प्रयाग राज पन्तले जानकारी दिनुभयो ।
गाउँपालिकाले आज (बिहीबार ) एक सुचना जारी गर्दै असोज २६ गते फुलपातीको दिनदेखी असोज ३१ गतेसम्म मात्रै विदा दिने र कार्तिक १ गतेदेखि पुनः पठनपाठन हुने गाउँपालिकाले जनाएको छ ।
यस अघि जिल्लाको डिलाशैनी गाउँपालिकाले पनी दशैंको लागि ६ दिन मात्रै बिदा दिने निर्णय गरिसकेको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।






प्रतिक्रिया