नेपाल राष्ट्रिय शिक्षक सँगठन दार्चुलाको बैठक सम्पन्न

दार्चुला । नेपाल राष्ट्रिय शिक्षक सँगठन दार्चुलाको बैठक जिल्ला सदरमुकाम खलंगामा सम्पन्न भएको छ । जिल्ला कमिटी र स्थानीय तह अन्तरगतका समिति पदाधिकारीहरुको बैठक खलंगामा सम्पन्न भएको हो ।

बैठकले नेपाल सरकारले चालु आर्थिक वर्षमा गरेको व्यवस्था अनुसार बालबिकास सहजकर्ता तथा विद्यालय कर्मचारीको न्युनतम पारिश्रमिक उपलब्ध गराउने दार्चुलाका स्थानीय तहलाई धन्यवाद दिने र बाँकी स्थानीय तहलाई पनि न्युनतम पारिश्रमिक पहिलो चौमासिकमै उपलब्ध गराउन माग गर्ने निर्णय गरेको छ । यस्तै सँगठन सदस्यता नविकरण कार्तिक मसान्त भित्र गरि सक्ने, जिल्ला अधिवेसन मंसिर मसान्तसम्म गरि सक्ने र स्थानीय अधिवेसन गर्न बाँकी स्थानीय तहलाई जिल्ला अधिवेसन हुनु भन्दा १५ दिन अघि स्थानीय अधिवेसन सम्पन्न गर्न निर्देशन दिने निर्णय गरेको नेपाल राष्ट्रिय शिक्षक सँगठन दार्चुलाका नेता एबं मार्मा गाउँपालिका अध्यक्ष बिरेन्द्र महराले जानकारी दिनुभयो ।

नेपाल राष्ट्रिय शिक्षक सँगठन दार्चुलाका जिल्ला कमिटी अध्यक्ष मोहनदत्त भट्टको अध्यक्षतामा बैठक सम्पन्न भएको हो ।

सायद २ जना मानिसहरू तथा  दाह्री को तस्बिर हुनसक्छ

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?