दार्चुला र बैतडीका १९ स्थानमा नागरिक सहायता कक्ष

दार्चुला । दार्चुलाका ९ र बैतडीका १० स्थानमा नागरिक सहायता कक्ष र यात्रु सहायता कक्ष स्थापना गरिएको छ । प्रहरीले दशैं तिहार र छठ पर्वलाई लक्षित गरि नागरिक सहायता कक्ष स्थापना गरेको हो ।

दार्चुला सदरमुकाम खलंगास्थित महाकाली नगरपालिका ४ खलंगा, लेकम गाउँपालिका ३ लाली, व्याँस गाउँपालिका ५ तिग्रम, मालिकार्जुन गाउँपालिका ७ जोलजिवि, शैल्यशिखर नगरपालिका ९ गोकुलेश्वर, मालिकार्जुन गाउँपालिका ३ चौतलीचौड, मालिकार्जुन ८ पस्ती, महाकाली नगरपालिका ८ धाप र वडा नम्बर ९ दत्तुमा स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी माधव विश्वकर्माले जानकारी दिनुभयो । सम्बन्धित स्थानीय तहका जनप्रतिनिधि, सवारी चालक, बुद्धिजीवि लगायतको उपस्थितमा यात्रु सहायता कक्ष र नागरिक सहायता कक्ष स्थापना गरिएको हो । चाडपर्वका बेला सवारी साधानमा क्षमताभन्दा बढी यात्रु राख्ने, बढी भाडा लिने लगायतका कामहरु हुने भएकाले त्यसको न्यूनीकरण गर्नका लागि यात्रु सहायता कक्ष सञ्चालनमा ल्याईएको डिएसपी मनोहरप्रसाद भट्टले बताउनुभयो । यात्राको क्रममा वास्तविक भाडाभन्दा बढि भाडा लिइएको पाइएमा कारवाही गर्न ट्राफिक प्रहरी र नेपाल प्रहरीलाई प्रमुख जिल्ला अधिकारी सिद्वराज जोशीले निर्देशन दिनुभएको छ ।

छोटो तथा लामो दुरीका सवारी साधनमा यात्रा गर्दा सीट क्षमता भन्दा बढि यात्रु राख्ने तथा मुढा राखेर यात्रु चढाइएको छ भने कारवाही गर्न प्रहरीलाई निर्देशन दिइएको छ । अहिले पनि कोरानाको असर कायमै रहेको हुँदा यात्रा गर्दा अनिवार्य मास्क र सेनिटाइजर बोक्न समेत यात्रुहरुलाई डिएसपी भट्टले आग्रह गर्नुभयो । क्षमताभन्दा बढी यात्रु राख्नु, मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाउनु, तीव्र गतिमा सवारी साधन हाक्नु लगायतका कारणले सवारी दुर्घटना हुन्छन् । तिनै कुरालाई नियन्त्रण गर्न यात्रु सहायता कक्ष स्थापना गरेका हौं, उहाँले भन्नुभयो, नियमको पालना गरेर सबैले यात्रा गरौं ।

बैतडीका दश ठाउँमा यात्रु सहायता कक्ष
दशैतिहार जस्ता चाडपर्वलाई लक्षित गरेर बैतडीमा प्रहरीले १० ठाउँमा यात्रु सहायता कक्ष स्थापना गरेको छ । यात्रुहरुलाई गन्तव्य पुर्याउन सहज होस भनेर यात्रु सहायता कक्ष स्थापना गरिएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिनुभयो ।

दशैंको समयमा यात्रुहरुलाई हैरानी हुने भएकाले त्यस्तो नहोस भन्नका लागि सहायता कक्ष स्थापना गरिएका उहाँले बताउनुभयो । सीमा नाका झुलाघाटका साथै राजमार्गका मुख्य ठाउँहरुमा यात्रु सहायता कक्ष स्थापना गरिएका छन् । झुलाघाट, गोठलापानी, शाहीलेक, सतबाँझ र पाटनमा यात्रु सहायता कक्ष सञ्चालन गरिएका छन् । यस्तै खोड्पे, खोचलेक, गोकुलेश्वर, ढोल्यामोड र सिमारमा पनि यात्रु सहायता कक्ष सञ्चालन ल्याइएका प्रहरी निरीक्षक ओझाले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालयले दशैंतिहार बिशेष सुरक्षा योजना बनाएको र सोही अन्तर्गत यात्रु सहायता कक्ष स्थापना गरिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?