डिलाशैनीको मठैराजमा पाचौं बृहत् सांस्कृतिक महोत्सव हुने

दार्चुला । बैतडीको डिलाशैनी गाउँपालिका वडा नम्बर ४ मठैराजमा सांस्कृतिक महोत्सव हुने भएको छ । आइतबार बसेको मठैराज सांस्कृतिक क्लबको बैठकले यही कार्तिक १६ गते देखि २० गते सम्म महोत्सव आयोजना निर्णय गरेको हो । आउँदै गरेको बडा दसैँ तथा तिहारको अवसरमा पाचौं बृहत् साङ्गतिक महोत्सव २०७८ को आयोजना गर्न लागिएको क्लबका अध्यक्ष महेशराज पन्तले जानकारी दिनुभयो ।

कार्यक्रममा स्थानीय भेष भूषा छलिया नाच, फाग, डुस्को, घुमारी र मठैराज युवा क्लबको बेजोड नृत्य प्रस्तुति समेत रहने आयोजकले जनाएको छ । साथै स्थानीय कलाकार देखि, राष्ट्रियस्तरका कलाकारहरूको प्रस्तुति रहने कार्यक्रम संयोजक नरेन्द्र बोहराले बताउनुभयो । बैतडी जिल्लाकै बिकट बस्ती मठैराजमा पहिलो पटक आफूले महोत्सवको आयोजना गरेको थिए, क्लबका अध्यक्ष पन्तले भन्नुभयो, अझै थुप्रै यो ठाउको लागि यो क्लब बाट मेरो कार्यकालमा गर्ने योजनामा छु । मुख्य चाडबाडको मुखमा हुन सक्ने अप्रिय घटनालाई न्यूनीकरण गर्न तिहारमा कार्यक्रम गर्दै आइरहेको क्लबले जनाएको छ ।

कार्यक्रम सञ्चालन गर्नको लागि आर्थिक समिति पनि गठन गरिएको छ । देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा डिलाशैनी गाउँपालिकाबासीलाई आर्थिक सहयोगको लागि अपिल गरिएको छ । यस्तै कार्यक्रममा सहयोग गर्ने सहयोगी मनहरूलाई विशेष सम्मान गरिने र विगतका वर्षमा पनि हामीलाई सहयोग गर्दै आएका सहयोगी दाताहरूलाई पनि सम्मान गरिने क्लबका अध्यक्ष पन्तले बताउनुभयो ।

महोत्सवमा निःशुल्क रूपमा अवलोकन गर्ने व्यवस्था गरिने आयोजकले जनाएको छ । मठैराज सांस्कृतिक क्लब २०७१ सालमा दर्ता भएको थियो ।

No description available.

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?