दार्चुला । बैतडीको डिलाशैनी गाउँपालिका वडा नम्बर ५ स्वाखानीमा चट्याङ लागेर एक जना पुरुषको मृत्यु भएको छ । भने तीन जना घाइते भएका छन् । स्थानीय भैँसी व्यापारी २५ वर्षीय युवा महेश लुहारको सोमबार बेलुकी पानी र हावाहुरीसंगै परेको चट्याङ लागेर ज्यान गएको डिलाशैनीबाट लोकदर्पण समाचारदाता महेशराज पन्तले जानकारी दिनुभयो ।
लुहारसंगै रहेका तीन जना पुरुष घाइते भएका छन् । भने एउटा भैँसीको समेत ज्यान गएको उहाँले बताउनुभयो । घाइते हुनेमा मृतकका दाजु अम्बे लुहार, मृतकका भिनाजु डिलाशैनी ३ का हरिचन्द्र कोली र दार्चुलाको शैल्यशिखरका दीपक महर रहेका छन् ।
सोमबार बेलुकी ६ बजेतिर डिलाशैनी ७ स्वाखानीबाट भैंसी किनेर ल्याउँदै गर्दा परेको चट्याङले ७० हजारमा किनेको भैंसी समेत मरेको हो । मृतक लुहारका श्रीमति र एक छोरा रहेको आफन्तजनले बताएका छन् ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया