प्रदेशस्तरीय भलिबलमा बाजुरासंग दार्चुला बिजयी

दार्चुला । धनगढीमा सुदूरपश्चिम प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिता बुधबारदेखि सञ्चालन भइरहेको छ। प्रदेश खेलकुद परिषद्को आयोजनामा ९ जिल्लाका खेलाडीको प्रतिनिधित्व हुने गरी प्रदेशस्तरीय भलिबल प्रतियोगिता सञ्चालन भइरहेको हो । प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिता २०७८ सुदूरपश्चिम खेलकुद परिषद्को वार्षिक कार्यक्रम अनुसार असोज २३ गतेसम्म धनगढीमा सञ्चालन हुने छ । विहिबार भएको खेलमा दार्चुलाले बाजुरालाई पराजित गर्न सफल भएको छ । दार्चुला र बाजुरा बिच भएको खेलमा दार्चुला ३-१ सेटमा जित हात पार्न सफल भएको दार्चुलाका खेलाडी बलदेब सिह धामीले जानकारी दिनुभयो ।

प्रदेशका ९ वटा जिल्लाका टिमहरूले सहभागिता जनाउने प्रतियोगिताको विजेतालाई नगद १ लाख सहित ट्रफी दिइने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष उमेशराज जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगिताको उपविजेतालाई नगद ५० हजार सहित ट्रफी दिइने छ । प्रतियोगिताको सेमिफाइनलसम्म पुग्ने दुई टिमलाई २५-२५ हजार नगद सहित ट्रफी दिइनेछ भने विभिन्न ५ वटा विधाका उत्कृष्ट खेलाडीलाई पनि पुरस्कार दिइनेछ ।

प्रतियोगिता सञ्चालनमा झन्डै ५० लाख खर्च हुने अनुमान गरिएको छ । जिल्लाहरूलाई टिम छनोटका लागि सुरुमा ५० हजार दिइएकोमा जिल्लाहरूले आफ्नो जिल्लाको टिम छनोट गरेका छन् । प्रतियोगितामा सहभागी सबै जिल्लाहरूको टिमको यातायातदेखि खाने बस्ने सबै खर्च सुदूरपश्चिम खेलकुद परिषद्ले व्यहोर्ने बताइएको छ । सुदूरपश्चिममै पहिलो पटक म्याटमा प्रतियोगिता सञ्चालन हुँदै छ । प्रतियोगिताबाट उत्कृष्ट खेलाडीहरूलाई समेटेर सुदूरपश्चिम प्रदेशको भलिबल टिम बनाइने छ । ती खेलाडीहरूलाई प्रशिक्षणको व्यवस्था गरी प्रदेशको प्रतिनिधित्व गर्दै राष्ट्रिय प्रतियोगिताहरूमा सहभागिता जनाइने सुदूरपश्चिम खेलकुद परिषद्ले जनाएको छ ।

भलिबलको क्षेत्रीय प्रतियोगिताका लागि दार्चुलाबाट छनोट भएका खेलाडीहरुमा नवराज सिह धामी शैल्यशिखर, अंगतसिह ठगुन्ना मार्मा, सुरज लुहार महाकाली, दिलेन्द्रप्रसाद भट्ट व्यास, बलदेब सिह धामी मालिकार्जुन, उमेश धामी व्यास, नविन पाल शैल्यशिखर, पुष्कर ठगुन्ना नौगाड, देबेन्द्र ठगुन्ना नौगाड, जनक साउद शैल्यशिखर बैकल्पीक, उमेश कार्की महाकाली बैकल्पीक, हरिश कुवँर दुहुँ बैकल्पीक रहेका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?