दार्चुला । बैतडीको डिलाशैनी गाउँपालिकाका एक व्यक्ति माथी निर्घात कुटपीट भएको छ । डिलाशैनीको वडा नम्बर १ का ५७ बर्षिय अकबर रानामाथी स्थानीय ब्यापारी महाबिर धामीले निर्घात कुटपिट गरेका हुन् । रातिको समयमा मदिरा सेवन गरेका धामीले जुवा खेल्न नमान्दा रानामाथी कुटपिट गरेको पिडित रानाका छोरा महेश रानाले बताउनुभयो ।
रानालाई घरबाट जवरजस्ती आफ्नो पसलमा लगेर कुटपिट गरेको उहाँले बताउनुभयो । कुटपिटबाट रानाको टाउको, नाक, मुख र आँखामा चोट लागेको छ ।
घटनाका बिषयमा प्रहरीलाई खबर गरेपछि प्रहरीले दुवै पक्षलाई सिमार प्रहरीचौकीमा बोलाएको छ । अहिले दुवै पक्ष बिच छलफल भैरहेको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया