प्रदेशस्तरीय भलिबल प्रतियोगिताबाट दार्चुला बाहिरियो

दार्चुला । प्रथम प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिताबाट दार्चुला बाहिरिएको छ । शुक्रबार भएको समूह चरणको आफ्नो अन्तिम खेलमा डडेल्धुरासंग ३–० को सेटमा पराजित भएपछि दार्चुला बाहिरिएको हो ।

धनगढीमा जारी प्रथम प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनल समीकरण पुरा भएको छ । प्रतियोगिता अन्तरगत शुक्रबार ४ वटा खेल सम्पन्न भएसँगै सेमिफाइनल समीकरण पुरा भएको हो । समूह ‘क’ बाट डोटी विजेता र कञ्चनपुर उपविजेता हुँदै सेमिफाइनलमा प्रवेश गरेका छन् । डोटीले समूहको आफ्नो अन्तिम खेलमा कञ्चनपुरलाई ३–० को सोझो सेटमा पराजित गर्दै समूह विजेता बनेको हो । आजै सम्पन्न अन्तिम खेलमा डोटीसँग पराजित भएको कञ्चनपुरले बैतडीलाई ३–१ को सेटमा पराजित गर्दै अन्तिम चारमा स्थापन बनाउन सफल भएको छ । समूह ‘ख’ बाट डडेल्धुरा विजेता र कैलाली उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेका छन् ।

आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा दार्चुलालाई ३–० को सोझो सेटमा पराजित गर्दै डडेल्धुरा समूह विजेता बनेको हो । कैलालीले पनि बाजुरालाई ३–० को सोझो सेटमा पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो । प्रतियोगिता अन्तरगत भोलि सेमिफाइनलका खेल र फाइनल हुनेछ।

सुदूरपश्चिम खेलकुद परिषद्को वार्षिक कार्यक्रम अनुसार जारी प्रतियोगितामा प्रदेशका ९ वटै जिल्लाका टिमहरूले सहभागिता रहेको थियो। प्रतियोगिताको विजेतालाई नगद १ लाख सहित ट्रफी दिइने सुदूरपश्चिम खेलकुद परिषद्का सदस्य सचिव दीपकबहादुर सिंहले जानकारी दिए। उनका अनुसार प्रतियोगिताको उपविजेतालाई नगद ५० हजार सहित ट्रफी दिइने छ। प्रतियोगिताको सेमिफाइनलसम्म पुग्ने दुई टिमलाई २५/२५ हजार नगद सहित ट्रफी दिइनेछ भने विभिन्न ५ वटा विधाका उत्कृष्ट खेलाडीलाई पनि पुरस्कार दिइनेछ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?