प्रदेशस्तरीय भलिबल प्रतियोगिताको उपाधि डोटीलाई

दार्चुला । धनगढीमा सम्पन्न प्रथम प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधी डोटीले जितेको छ । आज भएको फाइनल खेलमा डडेल्धुरालाई ३(० को सोझो सेटमा पराजित गर्दै डोटीले उपाधी चुमेको हो । पहिलो म्याच २५-२२ ले जितेको डोटीले दोश्रो म्याच सजिलै २५-१३ ले जितेको थियो । त्यस्तै अन्तिम म्याच १७र१७ को बराबरी पछि पनि डडेल्धुरा लयमा नफर्कदा डोटीले २५-२१ सजिलै उपाधी माथी कब्जा जमाउन सफल रह्यो ।

उपाधिसंगै डोटीले नगद एक लाख र ट्रफी प्राप्त गरेको छ । त्यस्तै प्रतियोगिताको उपविजेता बनेको डडेल्धुराले नगद ५० हजार र ट्रफीमा चित्त बुझाएको छ । प्रतियोगिताको सेमिफाइनलसम्म पुग्ने दुई टीम कैलाली र कंचनपुरले पच्चिस/पच्चिस हजार नगद सहित ट्रफी प्राप्त गरेका छन ।

सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजनामा प्रतियोगिताको समापन समारोहका प्रमुख अतिथि सामाजिक बिकास मन्त्री लाल बहादुर खड्काले बिजयी टिमलाई पुरस्कार तथा ट्रफी बितरण गरेका थिए । प्रतियोगिता यहि असोज २० गतेदेखि धनगढी स्थित रंगशालामा शुरु भएको थियो ।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?