वडाध्यक्षको तलबभत्ता वृद्धवृद्धा र अपाङ्गता भएका व्यक्तिलाई

दार्चुला । कञ्चनपुरको भीमदत्त नगरपालिका–१ का वडाध्यक्ष आशेष कुँवर (भुन्टु) ले आफूले तलब भत्ता वापत पाएको रकम ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई प्रदान गर्नुभएको छ । वडाध्यक्ष कुँवरले सोमबार आफ्नै वडाका ज्येष्ठ नागरिक र पूर्ण अपाङ्गता भएका व्यक्तिलाई तीन लाख ९२ हजार रुपैयाँ नगद वितरण गर्नुभएको हो ।

कुँवरले एक सय ४२ जना ज्येष्ठ नागरिक, २४ जना पूर्ण अपाङगता भएका व्यक्ति र दुई जना दृष्टिविहीनलाई जनही एक हजार पाँच सयका दरले रकम वितरण गरेको वडा कार्यालयले जनाएको छ । वडाध्यक्षले दिएको सहयोग रकम बुझ्नेमा एक सय १० वर्षसम्मका वृद्धवृद्धा रहेका छन् । कुँवरले पूर्व घोषणाअनुसार वडामा रहेका ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई नगद सहयोग गर्दै दशैंको आशीर्वाद लिएको बताउनुभयो ।

‘मैले राज्यबाट सेवा सुविधा वापत पाउने सबै रकम सामाजिक कार्य र विपन्न तथा असहाय नागरिकलाई वितरण गर्दै आएको छु,’ कुँवरले भन्नुभयो, ‘यसपालि पनि दशैं मनाउन सहयोग पुगोस् भनेर आशीर्वाद लिँदै वृद्ध आमाबुवाहरुलाई रकम गरेको छु ।’ वडाध्यक्षमा निर्वाचित भएपछि कुँवरले चुनावका बेला राज्यबाट पाइने सेवा सुविधा नलिने तर सामाजिक कार्यमा खर्च गर्ने घोषणा गर्नुभएको थियो ।

No description available.

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?