दार्चुला । धनगढीबाट बाजुराका लागि छुटेको बस डडेल्धुरामा दुर्घटना भएको छ। अमरगढी नगपालिका वडा नम्बर ११ स्थित राइमा जयमालिका यातायातको ना ७ ख १७४ नम्बरको बस ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा चार जना यात्रु घाइते भएका छन्। उनीहरुलाई उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। दुर्घटनाबारे थप विवरण आउन बाँकी छ।

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया