खडकसिंह धामी, दार्चुला । नौगाड युवा क्लबको आयोजनामा सञ्चालन गरिएको खुला भलिबल र वक्तृत्वकला प्रतियोगिता मंगलबार सम्पन्न भएको छ । विजय दशमी २०७८ सालको अवसरमा नौगाड गाउँपालिका वडा नम्बर ४ स्थित गणेश विनायक माविको खेल मैदानमा यही असोज २३ गतेदेखी सञ्चाल गरिएको प्रतियोगिता सम्पन्न भएको हो । नौगाड युवा क्लबका अध्यक्ष भुपेन्द्र धामीको अध्यक्षतामा भएको कार्यक्रममा नौगाड ४ का वडा सचिव लोकेश ठगुन्ना प्रमुख अतिथी रहेको कार्यक्रमका सञ्चालक नौगाड युवा क्लबका संयोकल रबिन्द्र धामीले जानकारी दिनुभयो ।
भलिबल प्रतियोगितामा गाउँपालिका भित्रका ३ टिम महिला र २५ टिम पुरुषतर्फ सहभागिता रहेको थियो । महिला तर्फको भलिबल प्रतियोगितामा प्रथम नौगाड गाउँपालिका टिम, द्वितिय चम्मन चौराह टिम र तृतीय नौगाड युवा क्लब आयोजक टिम भएको छ । प्रथम द्वितिय र तृतिय हुने टिमहरुलाई क्रमश नगद रु. १० हजार, ७ हजार र ५ हजारका साथै सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । पुरुष तर्फको भलिबल प्रतियोगितामा प्रथम चमन्न चौराह नौगाड ४ सिप्टि टिम, द्वितिय शिव युवा क्लब नौगाड ४ र तृतिय बोहरा स्पोर्ट्स क्लब नौगाड ५ भएको छ । प्रथम द्वितिय र तृतिय हुनेलाई क्रमश २५ हजार, २० हजार र १५ हजारका साथै सिल्ड, मेडल र प्रमाणपत्र वितरण गरिएको स्थानीय राजेन्द्र धामीले जानकारी दिनुभयो ।
यस्तै वक्तृत्वकला प्रतियोगितामा नौगाड गाउँपालिका भित्रका माद्यामिक तहका जम्मा ५ ओटा विद्यालयका ९ जना विद्यार्थीहरु सहभागी रहेका थिए । प्रथम गणेश माद्यामिक विद्यालय नौगाड ४ सिप्टी, द्वितिय केदारेश्वरी माद्यामिक विद्यालय नौगाड २ सुण्डमुण्ड र तृतीय लटिनाथ माद्यामिक विद्यालय नौगाड ३ खार भएका छन् । प्रथम हुनेलाई नगद रु. ४ हजार ५ सय, द्वितियलाई रु. ३ हजार ५ सय र तृतीयलाई २ हजार ५ सय प्रदान गरिएको छ ।


विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया