आठ महिनाअघि मृत्यु जितेका योगेश जन्मदिनमै अस्ताए

दार्चुला । पुस तेस्रो साता बैतडीको डिलाशैनी गाउँपालिका वडा नम्बर ३ पंसेराका २३ वर्षीय योगेश पालको मोटरसाइकल दुर्घटना भयो। पंसेराबाट गन्नातर्फ जाँदा पालले चलाएको बा ८ प ६५०२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटनामा परेको थियो।

पाल सडकबाट दुई सय मिटर तल खसेको अवस्थामा फेला परे। पाललाई प्रहरी र स्थानीयले उद्वार गरी गोकुलेश्वर अस्पतालमा पुगाए। गोकुलेश्वरमा उपचार सम्भव नभएपछि माउन्टेन एयरको हेलिकप्टरमार्फत उनलाई काठमाडौंस्थित ग्राण्डी अस्पतालमा लगियो। मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएर मृत्यु जितेको ८ महिना मात्रै भएको थियो। मंगलबार राति गोकुलेश्वरदेखि सतंबाज जादै गरेको ट्याक्टर दोगडाकेदार गाउँपालिका वडा नम्बर ३ को तारलमा दुर्घटना भयो ।

आफैले चलाएको ट्याक्टर दुर्घटनामा परी गम्भीर घाइते भएका पालले जिल्ला अस्पताल बैतडीमा उपचारका क्रममा दम तोडे। मृतक योगेश नेकपा एमाले बैतडीका जिल्ला अध्यक्ष सुरेन्द्र पालका छोरा हुन्। मृतक योगेशको आज नै जन्मदिन परेको बताइएको छ । सबैतिर दशैंको चहलपहल तथा रौनकता छाएको बेला छोराको निधनले पाल परिवार शोकमा डुबेको छ । यो हृदयविदारक घटनाप्रति शुभचिन्तकहरुले दुख व्यक्त गरेका छन् ।

सोही ट्र्याक्टरमा सवार डिलासैनी–३ कै राकेश कोलीले हामफालेर ज्यान जोगाएका छन् । उनी सामान्य घाइते छन् । दुर्घटनाग्रस्त ट्र्याक्टर सडकबाट ५० मिटर तल खसेको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

No description available.

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?