दार्चुला । धनगढीमा एकजना पुरुष मृत फेला परेका छन्। धनगढी उपमहानगरपालिका वडा नम्बर ७ बेलीमा २५ वर्षीय रमेश चौधरी मृत फेला परेका हुन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले घरदेखि नजिकै रहेको चौरमा उनी मृत फेला परेका हुन्। उहाँका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा शरीरमा चोटपटक देखिएकोले हत्याको आशंका गरिएको छ। प्रहरीले केही व्यक्तिलाई पक्राउ गरिसकेको जनाएको छ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया