सुदूरपश्चिममा आज सार्वजनिक बिदा, भोलिदेखि कार्यालय खुल्ने

दार्चुला । सुदूरपश्चिम प्रदेशमा आइतबार (आज) सार्वजनिक बिदा दिइएको छ । भोलिदेखि सरकारी कार्यालय खुल्ने भएका छन्। दसैँमा बन्द भएका सरकारी कार्यालय अन्य प्रदेशमा आजदेखि नै खुले पनि सुदूरपश्चिममा भने भोलिदेखि मात्रै खुल्ने भएका हुन्। दार्चुलाका कार्यालयसंगै अधिकासं स्थानीय तहमा विद्यालयहरु समेत सोमबारदेखि खुल्ने भएका छन् ।

अन्य प्रदेशमा दसैं बिदा ३० गतेसम्म मात्रै थियो भने सुदूरपश्चिममा भने प्रदेश सरकारले थप एक दिन अर्थात् आज पनि सार्वजनिक बिदा दिएको थियो। सङ्घीय सरकारले यो वर्ष फूलपातीदेखि एकादशीसम्म जम्मा पाँच दिन दसैँ बिदा दिएको थियो। प्रदेश सरकारले आइतबार समेत दशैंको अवसरमा बिदा दिने निर्णय गरेको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?