दार्चुलामा सरकारी कार्यालय खुले, अपिहिमाल र मार्मा गाउँपालिकामा विद्यालय सञ्चालन

दार्चुला । सुदूरपश्चिम प्रदेशमा आजदेखि सरकारी कार्यालय खुल्ने भएका छन्। दसैँमा बन्द भएका सरकारी कार्यालय अन्य प्रदेशमा आइतबारदेखि नै खुले पनि सुदूरपश्चिममा भने आइतबार प्रद्येश सरकारले दशैंको अवसरमा सार्वजनिक बिदा दिएको थियो । सोमबारबाट कार्यालय खुल्न लागेका हुन् । सङ्घीय सरकारले यो वर्ष फूलपातीदेखि एकादशीसम्म जम्मा पाँच दिन दसैँ बिदा दिएको मा सुदूरपश्चिम प्रदेश सरकारले थप एक दिन बिदा दिएको हो ।

दार्चुलाको मार्मा गाउँपालिका र अपिहिमाल गाउँपालिकामा सोमबार देखि विद्यालय सञ्चालन हुने भएका छन् । कोरोना कहरका कारण लामो समयदेखि बन्द रहेका विद्यालयहरु भर्खर खुलेकाले विद्यालयहरु घटस्थापनादेखि असोज ३१ गतेसम्म ११ दिन मात्रै बन्द गर्ने निर्णय गरिएको मार्मा गाउँपालिकाका शिक्षा अधिकृत राजेन्द्रप्रसाद जोशीले जानकारी दिनुभयो । अपिहिमाल गाउँपालिकाले पनि असोज २१ गतेदेखि ३१ गतेसम्म विद्यालयहरुलाई दशैंबिदा दिने निर्णय गरेको शिक्षा शाखाका प्राविधिक सहायक मदनराज जोशीले जानकारी दिनुभयो । आइतबार सार्वजनिक बिदा परेकोले सोमबारदेखि विद्यालय खुल्ने भएका हुन् । तर मौसम प्रतिकुलताका कारण पठनपाठनमा भने समस्या हुने देखिएको छ ।

नौगाड गाउँपालिकाले विद्यालयहरुलाई असोज २० गतेदेखि कात्तिक २ गतेसम्म विदा दिने निर्णय गरेको छ । महाकाली नगरपालिका, शैल्यशिखर नगरपालिका, मालिकार्जुन गाउँपालिका, दुहुँ गाउँपालिका, व्यास गाउँपालिका र लेकम गाउँपालिकाले असोज २१ गते घटस्थापनादेखि कार्तिक ३ गते कोजाग्रत पुर्णीमासम्म विद्यालयहरुलाई विदा दिने निर्णय गरेका छन् । लेकम गाउँपालिकाले शिक्षा नियमावली २०५९ को नियम ८५ को उपनियम २ अनुसार यो वर्षको दशैं बिदा असोज २१ गते घटस्थापनादेखि कार्तिक ३ गते पूर्णीमासम्म १४ दिन विद्यालयहरुलाई बिदा दिने निर्णय गरेको हो ।

गत बर्षहरुमा एक महिनासम्म दशैं बिदा दिने गरिएकोमा लामो समयसम्म विद्यालय बन्द हुदा पठनपाठनमा असर पर्ने र पाठ्यक्रमको उद्धेश्य प्राप्त कठिन हुने देखिएकोले १४ दिनमात्रै विदा दिने निर्णय गरिएको लेकम गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बिरबहादुर ऐरले जानकारी दिनुभयो । कोरोनाका कारण भदौसम्म विद्यालयहरुमा पठनपाठन कार्य हुन नसकेकाले दशैं बिदा घटाएर पाठ्यक्रमले निर्धारण गरेको उद्धेश्य प्राप्त गर्नुपर्ने आवश्यकता देखिएको स्थानीय तहहरुले बताएका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?