सुदूरपश्चिममा आइतबार कोरोना सङ्क्रमण शून्य

दार्चुला । सुदूरपश्चिम प्रदेशमा आइतबार कोरोना सङ्क्रमण शून्य देखिएको छ । गएको २४ घण्टामा प्रदेशभर एन्टीजेन विधिबाट ५५७ जनाको नमूना परीक्षण गर्दा एकजनामा पनि सङ्क्रमण नदेखिएको हो । यस्तै गएको २४ घण्टामा प्रदेशभर २५ जना कोरोना सङ्क्रमणमुक्त भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण एक जनाको पनि मृत्यु भएको छैन ।

सुदूरपश्चिममा हालसम्म तीन लाख ७३ हजार ४२ जनाको परीक्षण गरिएकामा ४७ हजार ४७८ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ । सङ्क्रमणकै कारण प्रदेशभर ५९८ जनाले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?