दार्चुला । सडक भाँसिएर किम्तडी भिरमा महाकाली लोकमार्ग अवरुद्द भएको छ । भिर काटेर सडक खुलाउने प्रयास भइरहेको छ । आइतवार देखिको वर्षाका कारण महाकाली लोकमार्ग अन्तर्गत गोकुलेश्वर–खलंगा सडकखण्डको महाकाली नगरपालिका–५ किम्तडीमा सडक भासिएर यातायातका साधनहरु चल्न सकेका छैनन् ।
सडक अवरुद्द भएपछि यात्रु र यातायातका साधनहरु समस्यामा परेका छन । अत्यावश्यक काम परेका यात्रुहरुले सडक भासिएको क्षेत्रबाट गाडी परिवर्तन गरेर यात्रा गरिरहेका छन् । छोटो तथा लामो दुरीको यात्रा गर्ने यात्रुहरुले बिच बाटोमा सडक अवरुद्ध हुदा सास्ती भोग्नुपरेको छ । सडक मर्मतको काम शुरु भइसकेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । महाकाली किनारमा सडक भाँसिएकोले भिर काटेर चौडा बनाउने काम भइरहेको छ ।
बर्षा र बाढी पहिरोका कारण दार्चुलाका सबैजसो ग्रामीण सडक अवरुद्ध भएका छन् । दुहुँ र व्यास क्षेत्र जोड्ने दार्चुला–तिकंर सडक, दार्चुला सदरमुकामलाई जोड्ने बैकल्पीक सडकका रुपमा रहेको गोकुलेश्वर देथला खार खलंगा सडक, गोकुलेश्वर रिठाचौपाता, पारिबगर मकरीगाड लगायत दार्चुलाका अधिकासं ग्रामीण सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । यातायात अभावमा सास्ती भोग्नुपरेको भन्दै स्थानीयहरुले मर्मतका लागि स्थानीय तहहरुलाई अनुरोध गरेका छन् । नयाँ काटिएका ग्रामीण सडकहरु क्षतविक्षत अवस्थामा रहेको बताइएको छ ।
किम्तडीमा सडक भाँसिएर अवरुद्ध बनेको महाकाली लोकमार्ग खुलाउने काम हुँदै ।
तस्बिर सौजन्य: पत्रकार कमलराज जोशी



विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया