भिमदत्त राजमार्ग सञ्चालनमा आउन केही दिन लाग्ने

दार्चुला । अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण चार दिनदेखि अवरुद्ध भिमदत्त राजमार्ग अन्तरगत धनगढी–डडेल्धुरा जोड्ने सडक सञ्चालनमा आउन थप केही दिन लाग्ने छ । धनगढी–डडेल्धुरा जोड्ने भीमदत्त राजमार्गका दर्जनौ स्थानमा बाढी र पहिरोले पु¥याएको क्षति तत्काल मर्मत संभार गर्न संभव नभएका कारण सात वटा पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग सञ्चालनमा आउन थप केही दिन लाग्ने जिल्ला प्रशासन कार्यालय डडेल्धुराले जनाएको छ ।

डडेल्धुरा जिल्लाको गन्यापधुरा गाउँपालिका– १ साहुखर्क, वडा नम्बर ३ गाईलीखेत, सेल्तडा, नवदुर्गा गाउँपालिका – ३ गजरौला आलिताल गाउँपालिका – १ घण्टेश्वर, वडा नम्बर ३ कटालमा पहिरोका कारण सडक अबरुद्ध भएको छ । डडेल्धुराका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले सडकमा खसेको पहिरो स्काभेटरबाट हटाउने प्रयास जारी रहेको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी जोशीले भीमदत्त राजमार्गका दर्जनौ स्थानमा पहिरो खसेका कारण तत्काल हटाउन संभव नभएकोले उक्त सडक सञ्चालनमा आउन थप केही दिन लाग्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, आज सञ्चालनमा आउन सक्ने संभावना नै छैन । भोलि पनि सञ्चालनमा आउछ आउदैन भन्न सकिन्न । स्काभेटरले पहिरो हटाउने प्रयास जारी छ । भीमदत्त राजमार्ग अवरुद्ध भएका कारण सुदूरपश्चिमका पहाडी जिल्लाबाट तराई जादै गरेका सयौ यात्रुहरु डडेल्धुरामा अलपत्र परेका छन् ।

सम्बन्धित समाचार: महाकाली लोकमार्ग अन्तरगत दार्चुलाको किम्तडीमा सडक खुलाइदै, ग्रामीण सडक क्षतविक्षत

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?