दार्चुला । बझाङको सेती नदीमा हाम फाल्दा एक पुर्व प्रहरी बेपत्ता भएका छन्। जिल्लाको जयपृथ्वी नगरपालिका वडा नम्बर १० पनकोटमा रहेको पक्की पुलबाट हाम फाल्दा अन्दाजी २८ वर्षीय नविन गिरी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।
शुक्रबार बिहान १० बजेतिर नदीमा हाम फालेको प्रहरीले जानाएको छ। बेपत्ता गिरी पूर्व प्रहरी रहेको र उनको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया