निगमले सुदूरपश्चिमका तीन पहाडी जिल्लामा उडान सुरु गर्ने

दार्चुला । नेपाल वायु सेवा निगमले सुदूरपश्चिमका तीन वटा पहाडी जिल्लामा उडान सुरु गर्ने भएको छ । बझाङ, बाजुरा र डोटीमा निगमले कैलालीको धनगढीबाट नियमित रूपमा हवाई सेवा सञ्चालन गर्ने तयारी भएको नेपाल वायु सेवा निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले बताउनुभयो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिमका पहाडी जिल्लामा नियमित हवाई उडान गर्न वायु सेवा निगमलाई निर्देशन दिनुभएको छ । बाढी पहिरोले राजमार्गसमेत प्रभावित हुँदा सुदूरपश्चिमका नागरिकले सास्ती भोग्दै आएका छन् । सहुलियत भाडा दर कायम गरी हवाई उडान गर्ने योजना रहेको वायु सेवा निगमले जनाएको छ ।

निगमले आउँदो आइतबारदेखि धनगढी–काठमाण्डौ पनि उडान गर्ने भएको छ ।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?