नदीमा बेपत्ता दुईजना अझै फेला परेनन्, पाँच बर्षीय बालकको शव फेला

दार्चुला । माछा मार्ने क्रममा चौलानी नदीमा बगेर बेपत्ता भएका गोपाल ओड अझै फेला परेका छैनन् । डिलाशैनी गाउँपालिका ५ गडीखेतका २९ बर्षीय ओड यही कार्तिक २ गते माछा मार्ने क्रममा बेपत्ता भएका थिए । नदीमा बाढी आएपछि बगेर ओड बेपत्ता भएका थिए । नदीमा बेपत्ता भएका ओडको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिनुभयो ।

यस्तै पाँच बर्षीय छोरासहित नदीमा हाम फालेर बेपत्ता भएकी जयन्ती बिष्ट पनि फेला परेकी छैनन् । डिलाशैनी गाउँपालिका ४ घर भएकी जयन्तीले यही कार्तिक २ गते जमाडी नदीमा ५ बर्षीय छोरा सहित हाम फालेकी थिइन् । जयन्ती महिला स्वास्थ्यस्वयमसेवीका समेत रहेको बताइएको छ ।

जयन्तीका ५ बर्षीय छोराको भने बिहीबार शव फेला परेको भएपनि जयन्तीको अवस्था भने अज्ञात रहेको प्रहरी प्रवक्ता खड्काले बताउनुभयो । जयन्तीका श्रीमान केही दिन पहिले मात्रै भारतबाट घर फर्किएको बताइएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?