सुदूरपश्चिमका २२८७ संक्रमित डिस्चार्ज, ५६ जना मात्रै अस्पतालमा

दार्चुला । सुदूरपश्चिमका विभिन्न अस्पताल र स्थानीय तहमा बनाईएका आईसोलेसनबाट दुई हजार दुई सय ८० जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले नियमित प्रेस व्रिफिङमा दुई हजार दुई सय ८० जना कोरोना संक्रमित डिस्चार्ज भएको जानकारी दिनुभयाे।

सामाजिक विकास मन्त्रालयका अनुसार अहिलेसम्म सबैभन्दा बढि अछामका पाँच सय ४०, डोटीका पाँच सय ३५, कञ्चनपुरका चार सय ८२, बैतडीका दुई सय ९९ र डडेल्धुराका दुई सय ६७ जनााई डिस्चार्ज गरिएको छ।

कैलालीका एक सय ३८, बझाङबाट ८७, दार्चुलाबाट २० र बाजुराबाट दुई जना संक्रमितलाई डिस्चार्ज गरिएको छ। यस्तै सुदूरपश्चिम प्रदेशका ५६ संक्रमितको विभिन्न अस्पतालमा उपचार भईरहेको छ भने बाँकी एक हजार ८ सय ८९ जनाको स्थानीय तहको आईसोलेसनमा उपचार भईरहेको छ।

मन्त्रालयका अनुसार टीकापुर अस्पतालमा २३, महाकाली अस्पतालमा १८, जिल्ला अस्पताल अछाममा १०, मालाखेती अस्पतालमा तीन र डोटी अस्पतालमा दुई जना गरी ५६ जनाको उपचार भईरहेको छ।

सुदूरपश्चिममा ८ जना संक्रमितको मृत्यु भईसकेको छ। स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका अनुसार सुदूरपश्चिममा संक्रमितको सङख्या चार हजार एक सय ७७ पुगेको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?