श्रीकोट बहुमुखी क्याम्पसमा २० कोठे छात्राबासको उद्घाटन

दार्चुला । बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ३ मा रहेको श्रीकोट बहुमुखी क्याम्पसमा २० कोठे छात्राबासको उद्घाटन गरिएको छ । दुई तले छात्रबास निर्माण सम्पन्न भएपछि बुधबार (आज) एक औपचारीक कार्यक्रमका बिच उद्घाटन गरिएको क्याम्पस प्रमुख दानसिह कार्कीले जानकारी दिनुभयो ।

छात्राबासको नेकपा एमालेका नेता एबं बैतडीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य दामोदर भण्डारी र दोगडाकेदार गाउँपालिका अध्यक्ष चक्रसिंह कार्कीले संयुक्त रुपमा उद्घाटन गर्नुभयो । शौचालय, चमेनागृह, भान्साघर, खेलमैदान, घेरपर्खाल लगायत सुविधाहरु भएको छात्राबास निर्माण भएपछि दुर्गम क्षेत्रका विद्यार्थीहरुलाई सहज हुने भएको छ । संघीय सरकार र दोगडाकेदार गाउँपालिकाको तीन करोड चार लाख लगानीमा निर्माण भएको छात्राबास उद्घाटन भएसंगै पढाइका लागि टाढाबाट आउने विद्यार्थीहरुलाई बस्न र अद्ययन गर्नका लागि निकै राहत पुग्ने क्याम्पस प्रमुख कार्कीले बताउनुभयो ।

क्याम्पसका सञ्चालन समिति अध्यक्ष जयदेब जोशीको अध्यक्षतामा सञ्चालन भएको उद्घाटन कार्यक्रमका प्रमुख आतिथि सासंद दामोदर भण्डारी रहनुभएको थियो । दोगडाकेदार गाउँपालिका अध्यक्ष चक्रसिंह कार्कीको विशिष्ट आतिथ्यता रहेको कार्यक्रममा शिक्षक, विद्यार्थी, अभिभावक लगायतको सहभागिता रहेको थियो । गत आर्थिक वर्षदेखि थुदुम भुमिराज निर्माण कम्पनीले निर्माण थालेको छात्राबास चालु आर्थिक बर्षमा निर्माण सम्पन्न भएको हो ।

No description available.

No description available.

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?