बैतडीमा डुंगा पल्टिँदा एकको मृत्यु, एक जना बेपत्ता

दार्चुला । बैतडीमा डुंगा पल्टिँदा एकजनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । शिवनाथ गाउँपालिका १ स्थित खाँड घाटमा बुधबार साँझ ६ बजेतिर डुंगा पल्टिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताउनुभयो ।

डुंगामा १० जना सवार रहेका र ती मध्ये ५ जना चालक र ५ जना यात्रु रहेका शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदले बताउनुभयो । ५ जना यात्रु मध्ये डुंगा पल्टिँदा दुईजना बेपत्ता भएकोमा एक बालिकाको शव फेला परीसकेको छ भने एकजना बालक बेपत्ता रहेका बताइएको छ । डुंगा मार्फत महाकाली नदी तरेर भारत तर्फ जाँदै गर्दा भारतीय छेउतिर डुंगा पल्टेको हो । भारतीय छेउतिर पुग्नै लाग्दा ढुंगामा ठोक्किएर डुंगा पल्टिएको अध्यक्ष साउँदले बताउनुभयो ।

बेपत्ताको खोजी कार्य जारी रहेको छ भने मृतक र बेपत्ताको नाम खुलेको छैन् । घटनाका बिषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । डुंगामा सवार व्यक्तिहरु पुख्र्यौली घर बैतडी भई भारतमै बस्दै आएका र दशैंको पूजाआजापछि भारततिर फर्किन लागेका बताइएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?