कर्मचारी वडाको काम छोडेर पार्टीको अधिवेशनमा गएको भन्दै कारवाहीको माग

दार्चुला । बैतडीको डिलाशैनी गाउँपालिका वडा नम्बर ७ को कार्यालयमा कार्यरत कर्मचारी कार्यालय बन्द गरेर नेकपा एमालेको गाउँपालिका अधिवेशनमा गएको भन्दै अरु राजनीतिक दलका प्रतिनिधिहरुले विज्ञप्तीमार्फत विरोध जनाएका छन। बिहानैबाट कार्यालयमा नागरिकताको सिफारिस बनाउन गएका सेवाग्राहीहरु मारमा परेको गुनासो गरिएको छ ।

कानुन विपरीत तरिकाले सरकारी कार्यालयका कर्मचारीहरु बिना सूचना पार्टीको कार्यक्रममा गएको हुँदा यस्ता क्रियाकलापलाई खेद व्यक्त गरिएको विज्ञप्तीमा उल्लेख छ । नेकपा माओवादी केन्द्रका रघुवीर धामी, नेपाली काँग्रेसका गणेश बहादुर धामी र वाइसीएल डिलाशैनी गाउँपालिका अध्यक्ष जनक सिंह धामीले संयुक्त विज्ञप्ति जारी गर्दै जनतालाई दुःख दिएर वडा कार्यालयमा ताला लगाएर पार्टीको कार्यक्रममा जाने कर्मचारीलाई कारबाहीको माग गरेका छन ।

No description available.

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?