बैतडीमा पालिकाहरुमा अधिवेशनबाट एमालेको नेतृत्व चयन

दार्चुला । बैतडीका १० वटै पालिकाहरुमा नेकपा एमालेको अधिबेशन भएको छ । एमालेको १० औ महाधिवेशन अन्र्तगत सोमवार बैतडीका १० वटै पालिकाहरुमा पालिका अधिवेशन भएको नेकपा एमाले बैतडीका सचिब लिलाधर भट्टले जानकारी दिनुभयो । जिल्लाको पाटन नगरपालिका, मेलौली नगरपालिका, पुर्चौडी नगरपालिका, दोगडाकेदार गाउँपालिका लगायत स्थानीय तहमा बन्द सत्रबाट नेतृत्व चयन भइसकेको छ ।

दोगडाकेदार गाउँपालिकाको एमाले अध्यक्षमा काशीसिंह विष्ट निर्वाचित भएका छन् । सोमवार सम्पन्न पालिका अधिवेशनमा बिष्टको नेतृत्वमा ७५ सदस्यीय कमिटी चयन भएको हो । उपाध्यक्षमा हेमा कपाडी, सचिवमा कमल भुल, उप सचिवमा बिरभान सिंह कार्की र भरत बहादुर बिष्ट निर्वाचित भएको एमालेले जनाएको छ । ७५ सदस्यीय कमिटीमा २४ जना महिला छन् ।

यस्तै अधिबेशनबाट पाटन नगरपालिकाको नगर कमिटि अध्यक्षमा ललित सिह ठगुन्ना सर्बसम्मत चयन भएका छन् । ठगुन्नाको अध्यक्षतामा ७५ सदस्यीय नगर कमिटी गठन गरिएको हो । मेलौली नगरपालिकाको नगरकमिटि अध्यक्षमा राज बहादुर चन्द सर्बसम्मत भएका छन् ।

नेकपा एमाले पुर्चौडी नगरपालिकाको अधिवेसन नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । नगर कमिटी अध्यक्ष कर्णबहादुर धामी किशोर र सचिव दिलबहादुर धानुक विकास रहनेगरी ७५ सदस्यिय नगर कमिटी चयन गरिएको पुर्चौडी नगरपालिकाका उपप्रमुख एबं एमाले नेतृ जानकी ऐर बलमे जानकारी दिनुभयो । बैतडीबाट निर्वाचित सासंद एबं पूर्व अर्थ राज्य मन्त्री दमोदर भण्डारीको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा नेकपा एमाले बैतडीका प्रचारप्रसार विभाग प्रमुख कर्णबहादुर कुवँर, नगरउपप्रमुख जानकी ऐर बम, नेपाली कांग्रेश पुर्चौडी नगरकार्यसमितिका सभापती गणेशबहादुर गडालको विशिष्ट आतिथ्यता रहेको थियो । कार्यक्रममा नेकपा एमालेका नेता, कार्यकर्ता, शुभचिन्तक र नेकपा माओबादी कान्तीकारिका काशिसिह धामी शिशिर सहित विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो । नगरअधिवेसन कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी ८ जनाले नेकपा एमालेमा प्रवेश गरेको बताइएको छ । कार्यक्रमका प्रमुख अतिथि सासंद दामोदर भण्डारीले पुर्चौडी क्षेत्र कम्युनिष्ट पार्टीको थलो भएको बताउदै माओबादी लगायत राजनीतिक दललाई चुनाव जितेर देखाउन चुनौती समेत दिएको पुर्चौडीबाट लोकदर्पण समाचारदाता हरिसिह साउदले जानकारी दिनुभयो ।

अन्य पालिकाहरुको नजिता भने आउन बाँकी रहेको छ । गत स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका एकजना वडा सदस्य एमालेमा प्रवेश गरेका छन् । पाटन नगरपालिका वडा नं १ का वडा सदस्य शेरसिंह बोहरा एमालेमा प्रवेश गरेका हुन् । एमालेमा प्रवेश गरेका बोहरालाई पाटन नगरकमिटि सदस्यमा चयन गरिएको नेकपा एमालेका जिल्ला कमिटि सदस्य लोकबहादुर भण्डारीले बताउनुभयो ।

सायद ९ जना मानिसहरू, उभिएका मानिसहरू तथा  घरबाहिर को तस्बिर हुनसक्छ

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?