पन्ज्युनयाँ क्रिकेटः उपाधिका लागि आयोजक र कैलपाल भिड्दै

विनोदसिंह विष्ट । बैतडीको दोगडाकेदार गाउँपालिका ६ मा जारि दोस्रो संस्करणको पन्ज्युनयाँ टि–२० क्रिकेट कप प्रतियोगिताको फाइनल भिडन्त आज हुदैंछ । उपाधिका लागि आयोजक शुसितम युवा क्लब र कैलपाल क्रिकेट क्लबबीच भिडन्त हुने भएको हो ।

उपाधि भिडन्त पन्ज्युनयाँ खेल मैदानमा बिहान १० बजेपछि हुने शुसितम युवा क्लबका उपाध्यक्ष हेमन्तसिंह कार्कीले जानकारी दिनुभयो । शुसितमले सेमिफाइनमा गोकुलेश्वर स्टार क्लब,चौसेरालाई एक सय ३२ रनले पराजित गर्दै फाइनलमा पुगेको हो । कैलपालले जागृती युवा क्लब, सर्मोलीलाई ४ विकेटले स्तब्ध पार्दै उपाधि नजिक पुगेको हो । उपाधि भिडन्त निकै रोचक हुने अनुमान गरिएको छ । दुबै टोली उपाधिका लागि दाबेदार हुन् । शुसितमका लागि कप्तान गोपाल कार्की, सुदीप कार्की,अशोक कार्की,जनक कार्की मुख्य हतियार हुन् । यस्तै कैलपालका लागि प्रदीप चन्द, महेश चन्द, राजु भाट मुख्य खेलाडी हुन् ।

उपाधि जित्न दुबै टोलीको ध्यान यी खेलाडीलाई चल्न नदिने हुनेछ । शुसितमसंग लिग चरणमा ७ विकेटको नराम्रो हारको पराजयको बदला लिने र उपाधि रक्षा गर्ने कैलपालको तयारी रहेको छ । घरेलु मैदान र समर्थकको हौसलाले शुसितम च्याम्पियन बन्ने सक्नेछ । यसका साथै गत महिना गोकुलेश्वरमा सम्पन्न दोस्रो संस्करणको खुल्ला गोकुलेश्वर टि–२० क्रिकेट च्यालेञ्ज प्रतियोगिताको फाइनल खेलमा कैलपालसंग सुपर ओभरमा हारेको बदला समेत लिने अवसर शुसितमलाई रहेको छ ।

सुशितम युवा क्लब पन्ज्युनयाँको आयोजनामा कात्तिक ७ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा बैतडी र दार्चुलाका गरि १२ टोली सहभागी रहेका थिए । 

प्रतियोगिताको विजेताले ७७ हजार ७ सय ७७ र उपविजेताले ३३ हजार ३ सय ३३ रुपैंया पुरस्कार पाउने सुशितम युवा क्लबका अध्यक्ष वीरसिंह कार्कीले बताए । यस्तै म्यान अफ द सिरिजलाई ५ हजार ५ सय ५५, बेस्ट बलर र बेस्ट ब्यास्टम्यानलाई समान ३ हजार ३ सय ३३ रुपैैंया पाउनेछन् ।

यसअघि पहिलो संस्करणको पन्ज्युनयाँ टि–२० क्रिकेट कपको उपाधि विरेन्द्र नाथको कप्तानीमा रहेको दोगडास्टार क्लब, दोगडाकेदार बैतडीले हात परेको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?