दार्चुला । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर १ सर्मोली तोली घर भएका एक जना प्रहरी जवानको मृत्यु भएको छ । नेपाल प्रहरीमा कार्यरत सर्मोलीका ३३ वर्षीय सोबान सिह साउदको बिहिबार राती मृत्यु भएको स्थानीय महादेब साउदले जानकारी दिनुभयो ।

डोटी जिल्लामा प्रहरी जवानमा कार्यरत रहेका साउदको घर आएका बेला एक्कासी निधन भएको घटनास्थलबाट अर्का स्थानीय दिपक साउदले बताउनुभयो ।

मृतक साउदका आफन्तहरुका अनुसार पहिला देखिनै एपेन्डीसाइटका बिरामी साउदको मृत्यु भएपछि परिवार शोकमा डुबेको छ । मृतकको शवलाई पोष्टमाटमको लागि जिल्ला अस्पताल दार्चुला लगिएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?