सरकारको विरुद्धमा विप्लव नेकपाद्वारा दार्चुलामा विरोध प्रदर्शन, नेपाल बन्दको घोषणा (भिडियो)

दार्चुला । सरकारले पेट्रोलियम तथा खाद्यवस्तु जस्ता अत्यावश्यक बस्तुमा मूल्यबृद्धि गरेको भन्दै नेत्रवक्रिम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले नेपाल बन्दको घोषणा गरेको छ। बिहीबार पार्टीका महासचिव विप्लवले एक प्रेस वक्तव्यमार्फत नेपाल बन्दसहितको सङ्घर्षको कार्यक्रम घोषणा गरेका हुन्। विप्लप नेकपाले दार्चुलामा समेत विरोध प्रदर्शन गरेको छ । बजार परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालय अगाडी पुगेर विप्लप नेकपाले सरकारको बिरोधमा नाराबाजी गर्दै विरोध प्रदर्शन गरीरहेको छ ।

महासचिव विप्लवले कात्तिक २५ गते दिउँसो ३ बजे देशव्यापी बिरोध प्रदर्शन, कात्तिक २६ गते प्रचार÷प्रसार र साँझ मशाल जुलुस, कात्तिक २७ गते देशव्यापी प्रदर्शन दिउँसो १ बजेदेखि २ बजेसम्म १ घण्टा, कात्तिक २८ गते बिहान १० देखि ११ बजेसम्म १ घण्टा चक्का जाम, कात्तिक २९ गते दिउँसो सिठ्ठी जुलुस, साँझ मशाल जुलुस र कात्तिक ३० गते नेपाल बन्दसम्मका कार्यक्रमहरू घोषणा गरिएको नेकपा विप्लप दार्चुलाका सचिव भरत मल्लले जानकारी दिनुभयो ।

‘हाम्रो पार्टी जनसरोकारको यो अन्यायपूर्ण उत्पीडनलाई मुकदर्शक भएर हेरिरहँन सक्दैन। तसर्थ सम्पूर्ण मूल्यबृद्धिका विरुद्ध सशक्त प्रतिरोध सङ्घर्षमा उत्रन पार्टीका सबै जनवर्गीय सङ्गठन र समस्त जनसमुदायमा हार्दिक अपिल गर्दछ। साथै जनभावनाको कदर गर्दै मूल्यवृद्धि तुरुन्त खारेज गर्न सरकारसँग पनि अपिल गर्दछ।’ नेकपा महासचिव विप्लपद्धारा जारी विज्ञप्तिमा भनिएको छ।

दार्चुलामा विप्लप नेकपाले सरकारका विरुद्ध गरेको प्रदर्शनको भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस

No description available.

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?